Sarbaguna

मोदी इनर्जीले १:१ अनुपातमा हकप्रद शेयर ल्याउने

मोदी इनर्जी लिमिटेडले हालको चुक्ता पुँजीको १:१ अनुपातमा शतप्रतिशत हकप्रद शेयर जारी गर्ने भएको छ। कम्पनीले यस प्रस्ताव पारित गर्न आगामी असार १९ गते बिहान ११ बजे रानीमहल बैंक्वेट, ज्ञानेश्वरमा विशेष साधारणसभा आह्वान गरेको छ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ रहेको छ। हकप्रद शेयर निष्काशनपश्चात पूँजी वृद्धि हुने भएकाले त्यसको उपयोग सम्बन्धी योजना पनि सभामा छलफलका लागि प्रस्तुत गरिनेछ। साथै, अधिकृत र जारी पूँजी वृद्धि गर्ने प्रस्तावसहित संस्थापक समूहबाट एक जना सञ्चालक नियुक्त गर्ने प्रस्ताव पनि सभामा राखिनेछ।

कम्पनीले सभा प्रयोजनका लागि असार १२ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। असार ११ गतेसम्म नाममा शेयर कायम रहेका शेयरधनीहरू मात्र साधारणसभामा सहभागी हुन तथा प्रस्तावित हकप्रद शेयरमा आवेदन दिन योग्य हुनेछन्।

Tags

Leave a Comments

Comments

    No comments yet.