छ्याङ्दी हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन मिति लम्बियो
- Jun 26, 2025
- 187
छ्याङ्दी हाइड्रोपावर लिमिटेड (CHL) ले निष्काशन गरेको शतप्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि लम्बिएको छ। कम्पनीले अब असार २७ गतेसम्म आवेदन दिन सकिने जानकारी दिएको हो।
जेठ २३ गतेदेखि बिक्री खुला गरिएको उक्त हकप्रदमा हाल कायम १ कित्ता बराबर १ कित्ताको अनुपातमा ३८ लाख ६९ हजार ७७५ कित्ता शेयर निष्काशन गरिएको छ। प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ संकलन गर्ने लक्ष्य छ।
बुकक्लोज मिति जेठ २ गते तोकिएकाले जेठ १ गतेसम्म कायम शेयरधनीहरूले आवेदन दिन सक्नेछन्। इक्रा नेपालले कम्पनीलाई 'इक्रा एपी इस्यूअर रेटिङ बी माइनस' प्रदान गरेको छ, जसले वित्तीय दायित्व बहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्छ।
बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। आवेदन सम्बन्धित शाखा कार्यालय, सि-आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र ‘मेरो शेयर’ प्रणालीमार्फत गर्न सकिन्छ।
हालको ३८ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी हकप्रदपछि दोब्बर भई ७७ करोड ३९ लाख रुपैयाँ पुग्नेछ। संकलित रकममध्ये ४ करोड माथिल्लो छन्दी खोला साना जलविद्युत आयोजनाको बाँकी बक्यौता तिर्न, १९ करोड ६९ लाख ऋण चुक्ता गर्न तथा बाँकी १५ करोड नुप्चे लिखु जलविद्युत आयोजनामा गरिएको लगानी भुक्तानी गर्न प्रयोग गरिनेछ।













No comments yet.