Sarbaguna
Post Image

जेठमा निर्जीवन बीमा कम्पनीहरूको व्यापार ४ अर्ब नजिक

चालु आर्थिक वर्ष २०८१/८२ को जेठ महिनामा मात्र १४ वटा निर्जीवन बीमा कम्पनीहरूले करिब ४ अर्ब रुपैयाँ बराबरको बीमा कारोबार गरेका छन्। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार जेठ महिनामा कुल २ लाख २८ हजार ८०४ वटा बीमालेख बिक्री भई कुल ३ अर्ब ९३ करोड ६३ लाख रुपैयाँ बीमाशुल्क संकलन भएको छ।

बीमाशुल्क आर्जनमा सगरमाथा लुम्बिनी इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ। कम्पनीले एकै महिनामा ४६ करोड २२ लाख रुपैयाँको बीमा कारोबार गरेको छ। दोस्रो स्थानमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहँदा उसले ४३ करोड २७ लाख रुपैयाँ संकलन गरेको छ। तेस्रो स्थानमा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स रहेको छ, जसको संकलन ४२ करोड ८९ लाख रुपैयाँ पुगेको छ।

अन्य प्रमुख निर्जीवन बीमा कम्पनीहरूको जेठ महिनाको कारोबार यसप्रकार रहेको छ:

  • शिखर इन्स्योरेन्स – ४० करोड ९० लाख

  • आईजीआई प्रुडेन्सियल – ३६ करोड ९९ लाख

  • युनाइटेड अजोड – ३२ करोड ६० लाख

  • एनएलजी इन्स्योरेन्स – ३१ करोड ९० लाख

  • सानिमा जीआईसी इन्स्योरेन्स – २६ करोड ४० लाख

  • नेको इन्स्योरेन्स – २५ करोड ६२ लाख

  • ओरिएन्टल इन्स्योरेन्स – १६ करोड ८५ लाख

  • नेपाल इन्स्योरेन्स – १५ करोड ५७ लाख

  • राष्ट्रिय बीमा कम्पनी – १५ करोड १३ लाख

  • प्रभु इन्स्योरेन्स – १४ करोड ४९ लाख

  • नेसनल इन्स्योरेन्स – ४ करोड ७६ लाख

यो व्यापार वृद्धिले निर्जीवन बीमा क्षेत्रमा उपभोक्ताको आकर्षण र बीमा व्यवसाय विस्तार हुँदै गएको संकेत गरेको बीमा विज्ञहरूले टिप्पणी गरेका छन्।

Share Training in Kathmandu

Tags

Leave a Comments

Comments

    No comments yet.