निजी कम्पनीलाई प्रिमियममा आईपीओ निकाल्न सजिलो
- Jan 16, 2025
- 383
सरकारले कम्पनी ऐन २०६३ मा अध्यादेशमार्फत संशोधन गरेपछि निजी कम्पनीहरूलाई प्रिमियम मूल्यमा आईपीओ जारी गर्न सहज भएको छ।
अब कम्पनीले आफ्नो दायित्वभन्दा सम्पत्ति बढी भएको अवस्थामा साधारणसभाबाट विशेष प्रस्ताव पारित गरी प्रिमियम मूल्यमा सेयर जारी गर्न सक्नेछ। यसका लागि कम्पनी रजिस्ट्रारको कार्यालयबाट थप स्वीकृति लिनुपर्ने र ३ वर्षको लेखा परीक्षण गर्नुपर्ने झन्झट हटाइएको छ।
संशोधनले कम्पनीलाई नगदबाहेक अन्य माध्यमबाट सेयर खरिद र जारी गर्न अधिकार प्रदान गरेको छ। साथै, विशेष प्रस्ताव पारित गरी सेयरलाई डिस्काउन्टमा बिक्री गर्ने सुविधा पनि थपिएको छ।
यस नयाँ व्यवस्थाले निजी कम्पनीहरूलाई सेयर जारी गर्ने प्रक्रिया छिटो, सरल, र लचिलो बनाएको छ।












No comments yet.