एनआरएन इन्फ्रास्ट्रक्चरले वर्णबास म्यूजियम होटलमा लगानी गर्ने
- Jul 14, 2025
- 165
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले वर्णबास म्यूजियम होटलमा रणनीतिक लगानी गर्ने निर्णय गरेको छ। कम्पनीको असार २८ गते बसेको सञ्चालक समितिको बैठकले होटलमा ९.०९ प्रतिशत स्वामित्व रहने गरी लगानी गर्ने निर्णय गरेको हो, जुन संस्थापक शेयरको १४.२ प्रतिशत बराबर हो।
यस निर्णयअनुसार एनआरएन र वर्णबास होटलबीच असार २९ गते शेयर खरिद बिक्री सम्झौता सम्पन्न भएको छ। सम्झौता अनुसार एनआरएनले होटलका १० लाख कित्ता संस्थापक शेयर प्रतिकित्ता १२५ रुपैयाँका दरले १२ करोड ५० लाख रुपैयाँमा खरिद गरेको हो।
साथै सम्झौताअनुसार होटलको सञ्चालक समितिमा एनआरएनको प्रतिनिधित्वमा न्यूनतम एक जना सञ्चालक रहने प्रावधान पनि गरिएको छ। कम्पनीले पर्यटन क्षेत्रको दीर्घकालीन सम्भावनालाई मध्यनजर गर्दै यो लगानीलाई रणनीतिक रुपमा अगाडि बढाएको जनाएको छ।











No comments yet.