सुनको मूल्यमा एकैदिन १,३०० रुपैयाँको गिरावट
- Jul 16, 2025
- 144
नेपाली बजारमा सुन र चाँदीको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १,३०० रुपैयाँले घटेको हो।
मंगलबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ९३ हजार ३०० रुपैयाँ थियो भने आज घटेर १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ। मूल्यमा आएको गिरावटले उपभोक्तालाई राहत मिल्ने अपेक्षा गरिएको छ।
त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला २,२७४ रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँ घटेर २,२६० रुपैयाँमा झरेको छ।
अन्तर्राष्ट्रिय बजारको उतारचढाव, मुद्रा विनिमय दर तथा माग–आपूर्तिको प्रभावले सुनचाँदीको मूल्यमा दैनिक रूपमा असर पारिरहेको छ।












No comments yet.