पोखरा फाइनान्स लिमिटेड मर्जर प्रक्रियामा, वाणिज्य बैंकसँग वार्ता जारी
- Jan 16, 2025
- 19
पोखरा फाइनान्स लिमिटेड (PFL), पोखरामा रहेको एक प्रतिष्ठित वित्तीय संस्था, मर्जर प्रक्रियामा अगाडि बढिरहेको छ। कम्पनीले ग्राहकहरूको लागि सेवा अझ प्रभावकारी बनाउने र शेयरधनीहरूलाई राम्रो प्रतिफल दिने उद्देश्यले एक प्रमुख व्यावसायिक बैंकसँग मर्जरको छलफल गरिरहेको छ। तर, यसबारे थप जानकारी भने खुलाइएको छैन।
२०५३ सालमा स्थापना भएको पोखरा फाइनान्सले कास्की, चितवन, गोरखा, र काठमाडौंलगायतका जिल्लाका २५ शाखा कार्यालयमार्फत सेवा दिँदै आएको छ। कम्पनीले अहिलेसम्म १.८ अर्ब रुपैयाँ ऋण चुक्ता गरेको, ११ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको र ८ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेको जनाएको छ।
मर्जरपछि ग्राहकहरूले नयाँ र विस्तारित वित्तीय सेवा पाउने र संस्थाको क्षमता अझ बलियो हुने अपेक्षा गरिएको छ।
Lah ho ra khataam vo aba PFL