सांग्रिलाको वितरणयोग्य मुनाफामा वृद्धि
- Jul 24, 2025
- 143
सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड (SADBL) ले आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरणअनुसार बैंकको वितरणयोग्य मुनाफा अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा २१३.८१ प्रतिशतले वृद्धि भई ४१ करोड ३८ लाख रुपैयाँ पुगेको छ। गत वर्ष सोही अवधिमा यो मुनाफा १३ करोड १८ लाख रुपैयाँ मात्र थियो।
यद्यपि वितरणयोग्य मुनाफा उच्च दरमा बढेपनि बैंकको खुद नाफा भने ६.५१ प्रतिशतको सामान्य वृद्धिसहित ५३ करोड ७० लाख रुपैयाँमा सीमित भएको छ। समीक्षावधिमा खुद ब्याज आम्दानी १.३६ प्रतिशतले घटेको छ भने फि तथा कमिशन आम्दानी ९.१५ प्रतिशतले बढेको छ।
बैंकको कुल सञ्चालन आम्दानी ३.३९ प्रतिशत र सञ्चालन मुनाफा १०.०६ प्रतिशतले बढेको देखिन्छ। वितरणयोग्य मुनाफासँगै प्रतिशेयर वितरणयोग्य आम्दानी ७ रुपैयाँ ८० पैसाले वृद्धि भई ११ रुपैयाँ ६४ पैसा पुगेको छ। प्रतिशेयर आम्दानी भने ४० पैसाले बढेर १५ रुपैयाँ १० पैसा पुगेको छ।
बैंकको मूल्य आम्दानी अनुपात ३०.६५ गुणा र प्रतिशेयर नेटवर्थ १५६ रुपैयाँ ७१ पैसा रहेको छ। ३ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा २ अर्ब १ करोड रुपैयाँ सञ्चित छ।
बैंकले समीक्षावधिसम्ममा ५४ अर्ब ६६ करोड रुपैयाँ निक्षेप संकलन गर्दै ४३ अर्ब २ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।














No comments yet.