Sarbaguna

जोशी हाइड्रोपावरको हकप्रद शेयर बिक्री खुला

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड (JOSHI) ले आज (साउन १५ गते) देखि हाल कायम चुक्ता पूँजीको ६५ प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले १:०.६५ को अनुपातमा हकप्रद शेयर निष्काशन गरिरहेको हो।

यो निष्काशनअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ दरका २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको हो, जसको कुल मूल्य २४ करोड १४ लाख १० हजार रुपैयाँ बराबर रहेको छ।

यस प्रयोजनका लागि कम्पनीले असार ८ गते बुकक्लोज गरेको थियो, जस अनुसार असार ५ गतेसम्म नेप्सेमा शेयर कारोबार गरी नाममा कायम रहेका सेयरधनीले आवेदन दिन सक्नेछन्। आवेदन अवधि भदौ ४ गतेसम्म कायम रहनेछ।

शेयर निष्काशनका लागि गरिएको क्रेडिट रेटिङमा केयर रेटिङ नेपालले कम्पनीलाई “CARE-NP B” इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले वित्तीय दायित्व बहन क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

बिक्री प्रबन्धकको रूपमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकको कार्यालय, कम्पनीको कार्यालय, लक्ष्मी सनराइज बैंकको इलाम शाखा, सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्था, वा 'मेरो शेयर' प्रणालीमार्फत अनलाइन आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी ३७ करोड १४ लाख रुपैयाँ रहेको छ भने हकप्रद बाँडफाँटपश्चात पूँजी ६१ करोड २८ लाख १० हजार रुपैयाँ पुग्नेछ। संकलित रकम बैंक तथा संस्थागत ऋण र संस्थापकबाट लिएको सापटी भुक्तानीमा प्रयोग गरिने जनाएको छ।

Share Training in Lalitpur

Tags

Leave a Comments

Comments

    No comments yet.