Sarbaguna

दिव्यश्वरी हाइड्रोपावरको नोक्सानी घट्यो, विद्युत बिक्री आम्दानीमा सुधार

दिव्यश्वरी हाइड्रोपावर लिमिटेड (DHPL) ले सार्वजनिक गरेको २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीको नोक्सानी ३ करोड ९१ लाख रुपैयाँबाट घटेर ४५ लाख रुपैयाँमा सीमित भएको छ। यो अघिल्लो वर्षको तुलनामा झन्डै ८८.५ प्रतिशतको गिरावट हो।

कम्पनीले विद्युत बिक्री आम्दानीमा ११.२२% वृद्धि गर्दै ८ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ। साथै, वित्तीय खर्चमा ३२.१९% कमी आएको छ। यी कारणहरूले नोक्सानी घटाउन मद्दत गरेका हुन्।

समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी १०.९५% ले र कुल नाफा १४.८४% ले बढेको देखिएको छ।

हाल कम्पनीको चुक्ता पूँजी २६ करोड रुपैयाँ रहेको छ भने जगेडा तथा सञ्चित नाफा २५ करोड ५० लाख रुपैयाँ ऋणात्मक अवस्थामा छ। प्रतिकित्ता आम्दानी (EPS) ऋणात्मक १ रुपैयाँ ७३ पैसा र प्रतिकित्ता नेटवर्थ ३ रुपैयाँ ४० पैसा रहेको छ।

Share Training in Nepal

Tags

Leave a Comments

Comments

    No comments yet.