Sarbaguna

घोराही सिमेन्टको नोक्सानी घटेर ६६ करोडमा सीमित

घोराही सिमेन्ट इण्डष्ट्री लिमिटेड (GCIL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म नोक्सानी ६६ करोड रुपैयाँमा सीमित गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १ अर्ब ४४ करोड रुपैयाँ नोक्सानीभन्दा ५४ प्रतिशत कम हो।

समीक्षा अवधिमा बिक्री आम्दानी १२.७९ प्रतिशत बढेर ५ अर्ब ५ करोड रुपैयाँ पुगेको छ भने कुल नाफा २३२.५४ प्रतिशतले वृद्धि भएको छ। तर, वित्तीय खर्च १७.१० प्रतिशत बढेर ८९ करोड २० लाख रुपैयाँ पुगेको छ।

असार मसान्तसम्म कम्पनीको चुक्ता पूँजी ४ अर्ब ५६ करोड रुपैयाँ, जगेडा कोष ४ अर्ब ४ करोड रुपैयाँ, प्रतिशेयर आम्दानी (EPS) ऋणात्मक १४ रुपैयाँ ४६ पैसा र प्रतिशेयर नेटवर्थ १८८ रुपैयाँ ४७ पैसा रहेको छ।

Leave a Comments

Comments

    No comments yet.