ग्लोबल आइएमई बैंकको नाफा वृद्धि, ईपिएस कति ?
- Aug 13, 2025
- 131
ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ६ अर्ब २० करोड रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको ६ अर्ब १३ करोड रुपैयाँभन्दा १.१० प्रतिशतले बढी हो। इम्पेरमेन्ट चार्ज वृद्धि भएपछि नाफा वृद्धिदर सीमित भएको हो।
समीक्षा अवधिमा खुद ब्याज आम्दानी ०.८५ प्रतिशत घटेको छ भने फि तथा कमिशन आम्दानी २०.१२ प्रतिशत र कुल सञ्चालन आम्दानी ३.०१ प्रतिशतले बढेको छ। तर, इम्पेरमेन्ट चार्ज ३ अर्ब ६१ करोड रुपैयाँबाट बढेर ४ अर्ब ३० करोड रुपैयाँ पुगेपछि सञ्चालन मुनाफा २.७५ प्रतिशतले घटेको छ।
असार मसान्तसम्म बैंकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड रुपैयाँ, जगेडा कोष २९ अर्ब ५८ करोड रुपैयाँ, निक्षेप संकलन ५ खर्ब ५० अर्ब रुपैयाँ, र कर्जा प्रवाह ४ खर्ब ११ अर्ब रुपैयाँ रहेको छ। वितरणयोग्य नाफा ५ अर्ब ३७ करोड रुपैयाँ र वितरणयोग्य ईपिएस १४ रुपैयाँ ११ पैसा रहेको छ।
प्रतिशेयर आम्दानी (EPS) १८ पैसा बढेर १६ रुपैयाँ २८ पैसा पुगेको छ। प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ६३ पैसा र मूल्य आम्दानी अनुपात (P/E Ratio) १५.९५ गुणा रहेको छ।













No comments yet.