लक्ष्मी सनराइज बैंकको नाफा बढेर ४ अर्ब नाघ्यो
- Aug 14, 2025
- 203
लक्ष्मी सनराइज बैंक लिमिटेड (LSL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ४ अर्ब ११ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको २ अर्ब ९२ करोड रुपैयाँभन्दा ४०.९७% बढी हो।
खुद ब्याज आम्दानी ७.९९% घटे पनि इम्पेरमेन्ट चार्ज ३ अर्ब ५८ करोडबाट घटेर १ अर्ब १८ करोड रुपैयाँमा सीमित भएपछि नाफा बढेको हो। समीक्षा अवधिमा खुद फि तथा कमिशन आम्दानी १०.०५% बढेको छ, जबकि कुल सञ्चालन आम्दानी १.५४% घटेको छ।
असार मसान्तसम्म बैंकको प्रतिशेयर आम्दानी (EPS) १६ रुपैयाँ ९१ पैसा, वितरणयोग्य EPS १२ रुपैयाँ ३४ पैसा, प्रतिशेयर नेटवर्थ १८६ रुपैयाँ ६३ पैसा, र मूल्य–आम्दानी अनुपात (P/E Ratio) १४.१२ गुणा रहेको छ।
२४ अर्ब ३४ करोड रुपैयाँ चुक्ता पूँजी भएको बैंकको जगेडा कोषमा २१ अर्ब ९ करोड रुपैयाँ छ। यस अवधिसम्ममा बैंकले ३ खर्ब ६७ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ७५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।












No comments yet.