Sarbaguna

हिमालयन लाइफ इन्स्योरेन्सको नाफा घट्यो

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड (HLI) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो वर्षको तुलनामा १३.७१% ले घटेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्म इन्स्योरेन्सले ५४ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको छ, भने अघिल्लो वर्ष सोही अवधिमा यो नाफा ६३ करोड ३८ लाख रुपैयाँ रहेको थियो।

यद्यपि, समीक्षा अवधिमा कम्पनीको खुद आर्जन बीमाशुल्क ६.६०% र कुल आम्दानी १२.०४% ले बढेको छ। त्यस्तै, खुद दाबी भुक्तानी ९.१५% र कुल खर्च ८.१२% ले बढ्दा नाफामा गिरावट आएको देखिन्छ।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी (EPS) पनि घटेको छ। गत वर्ष ७ रुपैयाँ ९० पैसा रहेको EPS यस अवधिमा घटेर ५ रुपैयाँ ९८ पैसामा सीमित भएको हो। गत असार मसान्तसम्म कम्पनीको मूल्य आम्दानी अनुपात (P/E ratio) ६८.०५ गुणा तथा प्रतिशेयर नेटवर्थ १११ रुपैयाँ २० पैसा रहेको छ।

हाल कम्पनीको चुक्ता पूँजी ९ अर्ब १४ करोड ३२ लाख रुपैयाँ छ। त्यस्तै, कम्पनीको महाविपत्ती कोषमा ४६ करोड ५९ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्ग ७० करोड २९ लाख रुपैयाँ, र अन्य इक्विटी १४ करोड ४३ लाख रुपैयाँ ऋणात्मक रहेको विवरणमा उल्लेख छ।

Share Training in Kathmandu

Leave a Comments

Comments

    No comments yet.