रिभर फल्स पावरको हकप्रद भदौ २३ गतेदेखि खुला
- Aug 21, 2025
- 206
रिभर फल्स पावर लिमिटेड (RFPL) ले भदौ २३ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले हाल कायम चुक्ता पूँजीको १०० प्रतिशत हकप्रद शेयर निष्काशन गर्दैछ। यसअनुसार, कम्पनीले १ कित्ता बराबर नयाँ १ कित्ता अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता शेयर (रु. ७० करोड बराबर) निष्काशन गर्नेछ।
यस प्रयोजनार्थ कम्पनीले साउन २६ गते बुकक्लोज गरेको थियो। सो अनुसार साउन २५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले आवेदन दिन सक्नेछन्। कम्पनीको हकप्रद शेयरमा असोज १२ गतेसम्म आवेदन दिन सकिनेछ।
हकप्रद निष्काशनका लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको जनाउँछ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धकका साथै प्रभु बैंकका बेशिसहर (लमजुङ), पोखरा, वीरगंज, इलाम, बुटवल, सुर्खेत र धनगढी शाखाबाट आवेदन दिन सक्नेछन्। साथै, सी-आस्बा प्रणालीमार्फत सहभागी बैंक तथा वित्तीय संस्था वा ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी पनि आवेदन दिन सकिनेछ।
हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ। हकप्रद निष्काशनपछि कम्पनीको पूँजी १ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ। संकलित रकम डाउन पिलुवा खोलामा आएको बाढीका कारण लागत वृद्धि भई थपिएको बैंक ऋण भुक्तानी गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ।













No comments yet.