Sarbaguna

राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट आज ५० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लाग्यो

नेपाल राष्ट्र बैंकले भदौ १८ गते बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ तान्ने निर्णय गरेको छ। अधिक तरलता भएका कारण, केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण (Deposit Collection Facility) प्रयोग गर्दै बैंकिङ प्रणालीबाट पैसा खिच्ने तयारी गरेको हो।

  • बोलकबोल आज दिउँसो ३ बजे आयोजना हुनेछ।
  • निक्षेप दिन चाहने बैंक तथा वित्तीय संस्थाले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी बोलकबोल गर्न सक्नेछन्।
  • बोलकबोल एकल ब्याजदरमा वा बहुब्याजदरमा गर्न सकिनेछ।
  • ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउनेछन्।
  • यो २५ दिने निक्षेप संकलन उपकरणको निक्षेप असोज १२ गते साँवा हुनेछ र ब्याज भुक्तानी पनि सोही दिन गरिनेछ।

 

Share Training in Kathmandu - Deep Thapa, 9849290806

Leave a Comments

Comments

    No comments yet.