Sarbaguna

खानी खोला हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने अवधि भदौ ३१ गतेसम्म बढ्यो

खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेड (KKHC) ले भदौ ३ गतेदेखि निष्काशनमा ल्याएको १०० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने अवधि थप गर्दै अब भदौ ३१ गतेसम्म आवेदन दिन सकिने भएको छ। कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँबराबरका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो।

यसअघि असार २७ गते बुकक्लोज गरिएको हकप्रद शेयरमा असार २६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले आवेदन दिन सक्नेछन्। निष्काशनका लागि इक्रा नेपालले कम्पनीलाई इक्राएनपी सिंगल बी रेटिङ्ग प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको संकेत गर्दछ।

सिटिजन्स क्यापिटल लिमिटेडलाई शेयर निष्काशन तथा बिक्री प्रबन्धक तोकिएको छ। लगानीकर्ताले सिटिजन्स क्यापिटलसहित कुमारी बैंक र सिटिजन्स बैंकका तोकिएका शाखाहरु वा सि–आस्बा प्रणालीमार्फत तथा ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्।

हाल कम्पनीको चुक्ता पूँजी ४६ करोड ५७ लाख रुपैयाँ रहेको छ भने हकप्रद बाँडफाँटपछि पूँजी दोब्बर भएर ९३ करोड १४ लाख रुपैयाँ पुग्नेछ। यसबाट संकलन हुने रकम ऋण घटाउन, ब्याज खर्च कम गर्न र इक्विटी अभिवृद्धि गर्न प्रयोग गरिने कम्पनीले जनाएको छ।

Share Training in Kathmandu Deep Thapa, 9849290806

Leave a Comments

Comments

    No comments yet.