रिभर फल्स पावरले हकप्रद शेयर निष्काशन खुला गर्यो
- Sep 8, 2025
- 133
रिभर फल्स पावर लिमिटेड (RFPL) ले आज (भदौ २३ गते) देखि १०० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। कम्पनीले हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर ल्याउन लागेको हो। यसअनुसार ७० करोड रुपैयाँबराबरको प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका ७० लाख कित्ता हकप्रद शेयर निष्काशन हुनेछ।
यस प्रयोजनार्थ कम्पनीले साउन २६ गते बुकक्लोज गरिसकेको छ। सोअनुसार साउन २५ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्र असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन्।
हकप्रद निष्काशनको लागि केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयरएनपी डबल बी माइनस इस्यूअर रेटिङ्ग प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड तोकिएको छ। लगानीकर्ताले प्रभु बैंकका बेशिसहर (लमजुङ), पोखरा, वीरगंज, इलाम, बुटवल, सुर्खेत र धनगढी शाखाबाट वा सि–आस्बा प्रणालीमार्फत ‘मेरो शेयर’ अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पूँजी ७० करोड रुपैयाँ रहेको छ भने हकप्रद बाँडफाँटपछि १ अर्ब ४० करोड रुपैयाँ पुग्नेछ। कम्पनीले यसबाट संकलन हुने रकम डाउन पिलुवा खोलामा आएको विनाशकारी बाढी लगायत कारणले बढेको आयोजना लागत र थपिएको बैंक ऋण घटाउन प्रयोग गर्ने जनाएको छ।
Share Training in Kathmandu : Deep Thapa, 9849290806












No comments yet.