सार्वजनिक सवारी साधन सञ्चालनमा : जनजीवन सामान्यतर्फ
- Sep 13, 2025
- 267
गत मंगलबारदेखि पूर्ण रूपमा ठप्प भएको सार्वजनिक सवारी साधनको आवागमन शनिबारदेखि फेरि सुरु भएको छ। शुक्रबार फाट्टफुट्ट मात्र चलेका सवारी साधन शनिबार बिहानदेखि बाक्लो संख्यामा सञ्चालनमा आएका छन्। चितवनतर्फबाट पनि बसहरू काठमाडौंतर्फ प्रस्थान गरेका छन्।
जेनजी आन्दोलनका क्रममा सोमबार नयाँ बानेश्वर वरपर बाहेकका क्षेत्रमा सार्वजनिक सवारी साधन चलेका थिए। तर मंगलबारदेखि उपत्यकाभर प्रदर्शन सुरु भएपछि यातायात ठप्प भएको थियो। नेपाली सेनाले कर्फ्यु लगाएको कारण गाडी पूर्ण रूपमा रोकिएका थिए।
शनिबार बिहान कर्फ्यु हटाइएसँगै काठमाडौं उपत्यकामा जनजीवन सामान्य बन्दै गएको छ। सार्वजनिक बस, ट्याक्सीलगायतका सवारी साधन बिहानैदेखि सञ्चालनमा छन्।
यस्तै, जनजीवन सहज बन्दै गएपछि पसलहरू पनि खोलिन थालेका छन्। प्रदर्शनका क्रममा क्षति पुगेका पसलहरूमा सरसफाइ कार्य बिहानैदेखि सुरु भएको छ। मंगलबार रातिदेखि सडकमा सुरक्षाको जिम्मेवारी लिएको सेना पनि शनिबारदेखि फिर्ता भएको छ।
Share Training in Kathmandu/Deep Thapa, 9849290806










No comments yet.