हाथवे इन्भेष्टमेन्टको साधारण सभा भदौ ३१ गतेसम्म सारियो
- Sep 14, 2025
- 136
हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड (HATHY) ले भदौ २५ गते गर्ने भनेको १७ औँ वार्षिक साधारण सभा भदौ ३१ गतेलाई सारेको छ। सभा काठमाडौँको आम्रपाली ब्याङ्क्वेटमा बिहान १० बजे सुरु हुने कम्पनीले जनाएको छ।
सभामा हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ। यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार दिने, समूह ‘क’ का शेयरधनीहरूको तर्फबाट ४ जना सञ्चालकको निर्वाचन गर्ने तथा स्वतन्त्र सञ्चालकको नियुक्ति अनुमोदन गर्ने एजेन्डा पनि रहनेछन्।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भदौ १३ गते बुकक्लोज गरिसकेको छ। त्यसअनुसार भदौ १२ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरू सभामा सहभागी भई लाभांश प्राप्त गर्न सक्नेछन्।
Share Training in Kathmandu/ Deep Thapa, 9849290806












No comments yet.