Sarbaguna

सहज बन्दै गएको परिस्थितीमा नेप्सेले शेयर कारोबार खोल्ने तयारी

मुलुकको परिस्थिती क्रमशः सहज बन्दै गएसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले शेयर कारोबार पुनः सुरु गर्ने तयारी थालेको छ। यसका लागि नेप्सेले बजार सञ्चालक निकायहरूसँग छलफल गर्ने भएको हो।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार बदलिँदो परिस्थितीलाई मध्यनजर गर्दै सिडिएस एण्ड क्लियरिङ, ब्रोकर कम्पनीहरू, मर्चेन्ट बैंकलगायत प्रत्यक्ष सरोकारवालासँग छलफल गरी असोज २ गते भन्दा पहिल्यै बजार खोल्ने सम्भावनाबारे विचार–विमर्श हुने भएको छ।

यसअघि, मुलुकमा उत्पन्न विषम परिस्थितीका कारण नेप्सेले असोज २ गते बिहीबारसम्म शेयर कारोबार बन्द गर्ने निर्णय गरेको थियो।

Share Training in Kathmandu/Deep Thapa, 9849290806

Leave a Comments

Comments

    No comments yet.