Sarbaguna

बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँड

बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँड आउँदो बिहीबार बिहान ९ बजे हुने भएको छ। बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार सो समयमा बाँडफाँड प्रक्रिया सम्पन्न गरिनेछ।

कम्पनीले भदौ १६ गतेदेखि १९ गतेसम्म सर्वसाधारणका लागि १७ लाख १ हजार ५ सय कित्ता शेयर निष्काशन गरेको थियो। यस आईपीओमा करिब १ लाख ७० हजार १ सय ५० जनालाई मात्र शेयर प्राप्त हुने भएका छन्।

यसअघि आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ निष्काशन गरी बाँडफाँड गरिसकेको छ।

बझांगस्थित १०.७ मेगावाट क्षमताको सानीगाड जलविद्युत आयोजना निर्माण सम्पन्न गरी कम्पनीले २०८० साल भदौ २ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरिसकेको छ। बुङ्गल हाइड्रो लिमिटेड एसजी ग्रुपअन्तर्गतको कम्पनी हो।

Share Training in Kathmandu/Deep Thapa, 9849290806

Leave a Comments

Comments

    No comments yet.