बुङ्गल हाइड्रोको आईपीओ बाँडफाँट सम्पन्न
- Sep 18, 2025
- 124
बुङ्गल हाइड्रो लिमिटेडको आईपीओ बाँडफाँट बिहीबार बिहान शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटलको कार्यालयमा सम्पन्न भएको छ।
कम्पनीले भदौ १६ देखि १९ गतेसम्म सर्वसाधारणका लागि प्रतिशेयर १०० रुपैयाँ अंकित दरका १७ लाख १ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो। सो शेयरका लागि २१ लाख ७५ हजार ८८८ जनाले २ करोड ३७ लाख ३८ हजार ९१० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये ३२ हजार ६३८ आवेदन रद्द भई २१ लाख ४३ हजार २५० आवेदन मात्र स्वीकृत भएका छन्।
मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा मार्फत बाँडफाँट गरिएको हो। जसअनुसार कुल १ लाख ७० हजार १५० जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्।
आईपीओको नतिजा केही बेरपछि iporesult.cdsc.com.np मा हेर्न सकिनेछ।
Share Training in Kathmandu/Deep Thapa, 9849290806













No comments yet.