Sarbaguna

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर निष्काशन सुरु

नारायणी डेभलपमेन्ट बैंक लिमिटेड (NABBC) ले आज असोज २ गतेदेखि १०० प्रतिशत हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ। यस अनुसार हाल कायम १ कित्ता शेयर बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन हुनेछ।

बैंकले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर, कुल २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ बराबरमा निष्काशन गर्दैछ। यसका लागि बैंकले भदौ ९ गते बुकक्लोज गरिसकेको छ। भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम भएका शेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन्। हकप्रद शेयरमा असोज २२ गतेसम्म आवेदन दिन सकिनेछ।

हकप्रद निष्काशनका लागि इक्रा नेपालले बैंकलाई इक्राएनपी इस्यूअर रेटिङ्ग “सी प्लस” प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व बहन गर्ने क्षमतामा धेरै उच्च जोखिम रहेको संकेत गर्दछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले ग्लोबल आइएमई बैंकका शाखा, नारायणी डेभलपमेन्ट बैंकका विभिन्न शाखा तथा आस्बा सेवामा सहभागी बैंक/वित्तीय संस्थाहरुमार्फत आवेदन दिन सक्नेछन्। साथै, ‘मेरो शेयर’ अनलाइन प्रयोग गरेर पनि आवेदन दिन सकिनेछ।

हाल बैंकको चुक्ता पूँजी २६ करोड २४ लाख ६७ हजार ६०० रुपैयाँ रहेको छ, जुन हकप्रद निष्काशन तथा बाँडफाँटपछि ५२ करोड ४९ लाख ३५ हजार २०० रुपैयाँ पुग्नेछ। संकलन भएको रकम धितोपत्र, सरकारी ऋणपत्र, म्युचुअल फण्डमा लगानी गर्नका साथै भौतिक पूर्वाधार र शाखा विस्तारमा प्रयोग गर्ने बैंकको योजना छ।

Share Training in Kathmandu/ Deep Thapa, 9849290806

Leave a Comments

Comments

    No comments yet.