नेपाल ल्यूब आयलको ३४ औँ वार्षिक साधारण सभा असोज ३१ गते
- Sep 19, 2025
- 307
नेपाल ल्यूब आयल (NLO) ले गत आर्थिक वर्षको नाफाबाट आफ्ना शेयरधनीलाई २० प्रतिशत बोनस शेयर वितरण गर्ने घोषणा गरेको छ। सो प्रस्ताव पारित गर्न कम्पनीले असोज ३१ गते ललितपुर, पुल्चोकस्थित द प्लाजा सभाहलमा बिहान ११:३० बजे ३४ औँ वार्षिक साधारण सभा बोलाएको छ।
सभामा बोनस शेयरसँगै कर प्रयोजनका लागि १.०५२६४ प्रतिशत नगद लाभांश, २०० प्रतिशत हकप्रद शेयर निष्काशन, प्रबन्धपत्र तथा नियमावली संशोधन, र सर्वसाधारण तर्फका सञ्चालकहरूको नियुक्ति गर्ने प्रस्तावहरू पनि पेश गरिनेछन्।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज १२ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्ने घोषणा गरेको छ। यसअनुसार असोज ९ गतेसम्म नेप्सेमा कारोबार गरी शेयरधनी बनेकाले मात्रै साधारण सभामा सहभागी भई प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।
Share Training in Kathmandu/ Deep Thapa, 9849290806










No comments yet.