Sarbaguna

KSBBL र UPCL को लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज

कामना सेवा विकास बैंक लिमिटेड (KSBBL) र यूनिभर्सल पावर कम्पनी लिमिटेड (UPCL) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज (असोज ७ गते) रहेको छ। दुबै कम्पनीले भोली अर्थात असोज ८ गते बुकक्लोज गर्ने भएकाले आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले मात्रै आगामी साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

कामना सेवा विकास बैंकले असोज २४ गते काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्शनमा १९ औँ वार्षिक साधारण सभा बोलाएको छ। सभामा हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र ५.७८९५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) वितरण गर्ने प्रस्ताव प्रस्तुत हुनेछ। साथै, नियमावली संशोधन, ६ जना सञ्चालकको निर्वाचन, र लेखापरीक्षक नियुक्तिसहितका प्रस्तावहरू पनि पारित गरिनेछन्।

त्यस्तै, यूनिभर्सल पावर कम्पनीले असोज २३ गते ललितपुरको दरबार रेष्ट्रो होटल एण्ड पार्टी भेन्यूमा साधारण सभा आह्वान गरेको छ। सभामा कम्पनीले ९ प्रतिशत बोनस शेयर र ०.४७३७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव राखेको छ। साथै, बोनस शेयर वितरणपछि शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने, नियमावली संशोधन, स्वतन्त्र सञ्चालकको नियुक्ति र २ जना सञ्चालकको निर्वाचनलगायतका प्रस्तावहरू पारित गरिनेछन्।

Share Training in Kathmandu/Deep Thapa, 9849290806

Leave a Comments

Comments

    No comments yet.