झापा इनर्जी लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न
- Sep 24, 2025
- 249
झापा इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल लिमिटेडको कार्यालयमा आज बिहान बाँडफाँट प्रक्रिया सम्पन्न गरिएको हो।
कम्पनीले गत भदौ २० गतेदेखि सर्वसाधारणका लागि प्रतिकित्ता रु. १०० अंकित मूल्यका ४ लाख ७३ हजार ३३६ कित्ता शेयर निष्काशन गरेको थियो। उक्त आईपीओमा १८ लाख ६८ हजार १४१ आवेदकले करिब २ करोड ३ लाख ५१ हजार ६७० कित्ताका लागि आवेदन दिएका थिए। जसमध्ये १८ लाख ३३ हजार ७३८ आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द गरिएका छन्।
अत्यधिक आवेदन परेकाले बाँडफाँट गोलाप्रथा प्रक्रियामार्फत गरिएको हो। जसअनुसार ४७ हजार ३३३ जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँकी ६ कित्ता शेयर भने सोही समूहभित्रका ६ जना लगानीकर्तालाई एक/एक कित्ताका दरले अतिरिक्त बाँडफाँट गरिएको छ। यसरी ६ जनाले ११ कित्ताका दरले शेयर प्राप्त गरेका छन्।
Share Training in Kathmandu/Deep Thapa, 9849290806










No comments yet.