शिव श्री हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन अवधि असोज २३ गतेसम्म
- Sep 24, 2025
- 154
शिव श्री हाइड्रोपावर कम्पनी लिमिटेड (SSHL) ले भदौ १९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरेको छ। अब लगानीकर्ताले असोज २३ गतेसम्म आवेदन दिन सक्नेछन्।
कम्पनीले हाल कायम १ कित्ता बराबर १ कित्ता अनुपातमा शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्दैछ। यस अन्तर्गत कम्पनीले १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँबराबरको प्रतिशेयर रु. १०० अंकित मूल्यका १ करोड ४७ लाख ६४ हजार कित्ता हकप्रद शेयर जारी गरेको हो।
यसका लागि कम्पनीले साउन १६ गते बुकक्लोज गरेको थियो। त्यस अनुसार साउन १५ गतेसम्म नेप्सेमा कारोबार गरी कायम रहेका शेयरधनीले मात्र आवेदन दिन पाउनेछन्।
इन्फोमेरिक्स क्रेडिट रेटिङ्ग नेपालले कम्पनीलाई आईआरएन सिंगल बी माइनस रेटिङ्ग प्रदान गरेको छ, जसले समयमा वित्तीय दायित्व वहन गर्ने क्षमतामा उच्च जोखिम रहेको देखाउँछ।
शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले बिक्री प्रबन्धक, सिटिजन्स बैंकका विभिन्न शाखा, सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत सि–आस्बा प्रणाली प्रयोग गरी, वा ‘मेरो शेयर’ अनलाइनमार्फत पनि आवेदन दिन सक्नेछन्।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४७ करोड ६५ लाख रुपैयाँ छ, जस हकप्रद निष्काशन तथा बाँडफाँटपछि २ अर्ब ९५ करोड २८ लाख रुपैयाँ पुग्नेछ। संकलित रकम कम्पनीले बैंक ऋण भुक्तानीमा प्रयोग गर्ने योजना छ।
Share Training in Kathmandu/ Deep Thapa, 9849290806













No comments yet.