Sarbaguna

नेपाल ल्यूब आयल लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

नेपाल ल्यूब आयल लिमिटेड (NLO) को लाभांश सुरक्षित गर्ने अन्तिम दिन बिहीबार रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ असोज १२ गतेदेखि ३१ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ।

यसअनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरुले कम्पनीको ३४ औँ वार्षिक साधारण सभामा सहभागी हुन सक्नेछन् र घोषणा गरिएको लाभांश प्राप्त गर्ने अधिकार पाउनेछन्।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट २० प्रतिशत बोनस शेयर र त्यसको कर प्रयोजनार्थ १.०५२६४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

उक्त प्रस्ताव पारित गर्न असोज ३१ गते बिहान ११:३० बजे ललितपुरको पुल्चोकस्थित द प्लाजामा सभा बोलाइएको छ। सभामा २०० प्रतिशत हकप्रद शेयर निष्काशन, प्रबन्धपत्र तथा नियमावली संशोधन, सञ्चालक नियुक्ति लगायतका अन्य महत्वपूर्ण एजेन्डा पनि प्रस्तुत गरिनेछ।

Share Training in Kathmandu/Deep Thapa, 9849290806

Leave a Comments

Comments

    No comments yet.