एसवाई प्यानल नेपाल लिमिटेड आईपीओमा आवेदन दिने अन्तिम दिन
- Oct 7, 2025
- 109
एसवाई प्यानल नेपाल लिमिटेडले असोज ७ गतेदेखि उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको आईपीओमा आवेदन दिने अन्तिम दिन आज रहेको छ।
कम्पनीले जारी पूँजी १ अर्ब ३० करोड ८९ लाख ३७ हजार १०० रुपैयाँको ४० प्रतिशत अर्थात ५२ करोड ३२ लाख ५४ हजार ८०० रुपैयाँ बराबरको ५२ लाख ३२ हजार ५४८ कित्ता शेयर निष्काशनको अनुमति पाएको थियो। जसमा २ प्रतिशत अर्थात २ लाख ६१ हजार ६२९ कित्ता शेयर उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको छ।
आवेदन दिन न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ता सम्म आवेदन दिन सकिनेछ।
आईपीओको रेटिङ्ग इक्रा नेपालले डबल बी प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।
स्थानिय बासिन्दाले एसवाई प्यानल नेपाल, रत्ननगर, चितवन, प्रभु क्यापिटल, कमलादी र क्यापिटलले निर्माण गरेको अनलाइन लिंक मार्फत आवेदन दिन सक्नेछन्। साथै प्रभु बैंकको सौराहा र टाँडी शाखा कार्यालयबाट पनि आवेदन दिन सकिनेछ। आवेदन फारामको शुल्क २ रुपैयाँ हुनेछ।
Share Training in Kathmandu /Deep Thapa, 9849290806













No comments yet.