Sarbaguna

मुक्तिनाथ कृषि कम्पनीले बोनससहित हकप्रद शेयर घोषणा गर्‍यो

मुक्तिनाथ कृषि कम्पनी लिमिटेड (MKCL) ले बोनस शेयर वितरणपछि हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको छ। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट ८ प्रतिशत बोनस शेयर वितरण गर्ने र सोपश्चात कायम चुक्ता पूँजीको ६० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने निर्णय गरेको हो।

असोज २४ गते बसेको सञ्चालक समितिको बैठकले सो प्रस्ताव पारित गरेको हो। प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक २१ गते, शुक्रबार, दिउँसो ११:३० बजे सिल्भर ओक ब्यान्क्वेट एण्ड इभेन्ट्स सेन्टर, गैरीधारा, काठमाडौंमा सातौँ वार्षिक साधारण सभा बोलाउने निर्णय गरेको छ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले कात्तिक १४ गते बुकक्लोज गर्ने भएको छ। यस अनुसार कात्तिक १३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका शेयरधनीहरूले साधारण सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन्।

Tags

Leave a Comments

Comments

    No comments yet.