Post Image

नबिल बैंकले दोस्रो त्रैमाससम्म ३ अर्ब २४ करोड नाफा कमायो

नबिल बैंक लिमिटेडले (NABIL) चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार, बैंकले यस अवधिमा ३ अर्ब २४ करोड २४ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा गत आवको सोही अवधिको तुलनामा १.२८ प्रतिशतले वृद्धि भएको हो। गत वर्ष यसै अवधिमा बैंकको नाफा ३ अर्ब २० करोड ३० लाख रुपैयाँ रहेको थियो।

वित्तीय विवरणअनुसार, बैंकको प्रतिशेयर आम्दानी (EPS) यस अवधिमा २४ रुपैयाँ ५ पैसा रहेको छ।

बैंकको अन्य मुख्य वित्तीय विवरणहरुः

  • खुद ब्याज आम्दानी: ७ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ
  • खुद शुल्क तथा कमिसन आम्दानी: १ अर्ब ५१ करोड १४ लाख रुपैयाँ
  • जगेडा कोष: १ अर्ब ८९ करोड १७ लाख रुपैयाँ

नबिल बैंकले वित्तीय सूचकांकमा सुधार गर्दै आफ्नो नाफा र आम्दानी दुवैमा सकारात्मक वृद्धि गर्न सफल भएको छ।

Leave a Comments

Comments

    No comments yet.