Sarbaguna

कात्तिक महिनामा वाणिज्य बैंकहरुको औषत ब्याजदर घट्यो

कात्तिक महिनाका लागि वाणिज्य बैंकहरूले नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। प्रकाशित विवरण अनुसार असोज महिनाको तुलनामा बैंकहरूको औसत ब्याजदर घटेको देखिएको छ।

भदौ महिनामा व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत ब्याजदर ५.४६ प्रतिशतविन्दुमा रहेकोमा, कात्तिकमा यो दर घटेर ५.२० प्रतिशतविन्दुमा पुगेको छ — जसअन्तर्गत ०.२६ प्रतिशतविन्दुको गिरावट आएको हो।

२० वाणिज्य बैंकमध्ये १४ बैंकहरूले ब्याजदर घटाएका छन्, जबकि ६ बैंकहरूले असोज महिनाकै दरलाई निरन्तरता दिएका छन्। संस्थागत मुद्दति निक्षेपमा पनि औसत ब्याजदर ०.२२ प्रतिशतविन्दुले घटेको छ।

कात्तिकमा सबैभन्दा बढी ब्याजदर घटाउने बैंक माछापुच्छ्रे बैंक र एनएमबि बैंक रहेका छन्। यी दुई बैंकले व्यक्तिगत र संस्थागत दुवै मुद्दति निक्षेपमा १ प्रतिशतविन्दुले ब्याजदर घटाएका छन्। यद्यपि नेपाल बैंक, सिद्धार्थ बैंक, राष्ट्रिय वाणिज्य बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक र हिमालयन बैंकले भने असोज महिनाकै ब्याजदर कायम राखेका छन्।

Tags

Leave a Comments

Comments

    No comments yet.