सिद्धार्थ बैंकको साधारण सभा कात्तिक ३० गते
- Oct 19, 2025
- 106
सिद्धार्थ बैंक लिमिटेड (SBL) ले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गर्न प्रस्ताव गरिएको लाभांश पारित गर्ने उद्देश्यले आगामी कात्तिक ३० गते (आइतबार) साधारण सभा बोलाएको छ। सभा भद्रकालीस्थित आर्मी अफिसर्स क्लब, काठमाडौँमा बिहान १० बजे सुरु हुनेछ।
सभामा बैंकले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थसहित ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सञ्चालक नियुक्ति गर्ने, सामाजिक उत्तरदायित्व अन्तर्गत भएको अधिक खर्च अनुमोदन गर्ने, र लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू पनि सभामा प्रस्तुत गरिनेछन्।
साधारण सभा तथा लाभांश प्रयोजनका लागि बैंकले कात्तिक १७ गते बुकक्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार कात्तिक १६ गतेसम्म नेप्सेमा कारोबार भई नाम दर्ता भएका शेयरधनीहरू बैंकको लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन्।












No comments yet.