तेह्रथुम पावरको पहिलो त्रैमासमा नाफा वृद्धि
- Nov 2, 2025
- 106
तेह्रथुम पावर कम्पनी लिमिटेड (TPC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म ५ करोड ६२ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा २२.१९% वृद्धि हो। गत वर्षको सोही अवधिमा कम्पनीको नाफा ४ करोड ६० लाख रुपैयाँ थियो।
हालको त्रैमासमा कम्पनीको विद्युत बिक्री आम्दानी ०.५०% घटेर ८ करोड २३ लाख रुपैयाँमा सीमित भए पनि वित्तीय खर्च ५४.५८% घटेको कारण खुद नाफा वृद्धि भएको हो।
समीक्षा अवधिमा कम्पनीको कुल नाफा ०.८२% र सञ्चालन नाफा १.१४% ले घटेको छ। तथापि, खर्च नियन्त्रणले अन्ततः कम्पनीको नाफा बढाउन सहयोग पुगेको छ।














No comments yet.