अपि पावरको नाफा वृद्धि, प्रतिशेयर आम्दानी १७ रुपैयाँ नाघ्यो
- Nov 12, 2025
- 109
अपि पावर कम्पनी लिमिटेड (API) ले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म उल्लेख्य नाफा वृद्धि गरेको छ। कम्पनीले असोज मसान्तसम्ममा २६ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा ४४.६१ प्रतिशत बढी हो।
गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले १८ करोड १७ लाख रुपैयाँ नाफा कमाएको थियो। विद्युत बिक्री आम्दानी बढ्नु र वित्तीय खर्च घट्नु नाफा वृद्धिको मुख्य कारण रहेको कम्पनीले जनाएको छ।
समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १३.३१ प्रतिशतले बढेको छ भने वित्तीय खर्च ३७.५७ प्रतिशतले घटेको छ।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि ४ रुपैयाँ ७४ पैसा बढेर १७ रुपैयाँ ३० पैसा पुगेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ७४ पैसा र मूल्य आम्दानी अनुपात १५.६२ गुणा रहेको छ।
६ अर्ब ७ करोड रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको अन्य इक्विटी ८९ करोड ५७ लाख रुपैयाँ रहेको छ।














No comments yet.