माछापुच्छ्रे बैंकको नाफा मामूली रूपमा बढ्यो, प्रतिसेयर आम्दानी दोहोरो अंकमा कायम।
- Jan 20, 2025
- 4
काठमाडौं: माछापुच्छ्रे बैंक लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म ८० करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको यसै अवधिको तुलनामा ०.२४ प्रतिशतले बढी हो। गत वर्ष बैंकले ८० करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। इम्पेयरमेन्ट चार्ज २३ करोड ८५ लाख रुपैयाँबाट घटेर २० करोड ४७ लाख रुपैयाँमा झरेकाले नाफामा सुधार आएको हो।
खुद ब्याज आम्दानी पनि वृद्धि भएर २ अर्ब ६३ करोड रुपैयाँबाट २ अर्ब ८२ करोड रुपैयाँ पुगेको छ। बैंकको चुक्ता पुँजी ११ अर्ब ६२ करोड १३ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ अर्ब १० करोड रुपैयाँ सञ्चित छ।
बैंकको वितरणयोग्य नाफा १६ करोड ६२ लाख रुपैयाँ रहेको छ। प्रतिसेयर आम्दानी १३.८९ रुपैयाँ र प्रतिसेयर नेटवर्थ १५४.२० रुपैयाँ पुगेको छ। नेट एनपीएल अनुपात १.९७ प्रतिशत रहेको छ।
No comments yet.