शिवम् सिमेन्ट्सको नाफामा ठूलो उछाल
- Nov 16, 2025
- 98
शिवम् सिमेन्ट्स लिमिटेड (SHIVM) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ, जसले कम्पनीको नाफामा उल्लेखनीय उछाल देखाएको छ।
गत आर्थिक वर्षको सोही अवधिमा १ करोड २७ लाख रुपैयाँ नाफा गरेको कम्पनीले, यस वर्षको पहिलो तीन महिनासम्ममा झन्डै २० करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। नाफामा देखिएको यो १,५३८.१६% वृद्धि कम्पनीका लागि महत्वपूर्ण सुधारका संकेत मानिएको छ।
समीक्षा अवधिमा कम्पनीको बिक्री आम्दानी ९.०३% ले बढेको छ भने कुल नाफा २१५.०७% ले वृद्धि भएको छ। यद्यपि, अन्य आम्दानी भने लगभग २% ले घटेको विवरणमा उल्लेख छ।
नाफा बढेसँगै कम्पनीको प्रतिशेयर आम्दानी (EPS) पनि उल्लेख्य सुधार भएको छ। पहिलो त्रैमासको अन्त्यसम्म EPS १५ रुपैयाँ ३७ पैसा पुगेको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १४ रुपैयाँ ३५ पैसा बढी हो।
त्यस्तै, कम्पनीको प्रतिशेयर नेटवर्थ १९२ रुपैयाँ १८ पैसा रहेको छ भने पी/ई अनुपात ३६.४२ गुणा छ।
५ अर्ब ४५ करोड ६८ लाख रुपैयाँ चुक्ता पुँजी भएको SHIVM को जगेडा कोषमा ५ अर्ब ३ करोड रुपैयाँ सञ्चित रहेको छ, जसले कम्पनीको वित्तीय आधार बलियो रहेको संकेत गर्दछ।













No comments yet.