Sarbaguna

बरुण हाइड्रोपावरले २२औँ साधारण सभा बोलायो, लाभांश प्रस्ताव

बरुण हाइड्रोपावर कम्पनी लिमिटेड (BARUN) ले गत आर्थिक वर्षको नाफाबाट प्रस्तावित लाभांश पारित गर्न २२औँ वार्षिक साधारण सभा बोलाएको छ। कम्पनीले मंसिर २६ गते, शुक्रबार, काठमाडौँको स्मार्ट दरबार, शंखपार्कमा सभा आयोजना गर्ने जनाएको छ। सभा बिहान ९:३० बजेबाट सुरु हुनेछ।

कम्पनीले हाल कायम चुक्ता पूँजीबाट ४.७५% बोनस शेयर र कर प्रयोजनार्थ ०.२५% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव सभामा पेश गर्नेछ। साथै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गर्ने, संस्थागत सुशासन सम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने, आगामी वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने लगायतका महत्वपूर्ण एजेन्डाहरूमा पनि निर्णय हुनेछ।

साधारण सभा तथा लाभांश वितरणका लागि कम्पनीले मंसिर १४ गते बुकक्लोज मिति तोकेको छ। यसअनुसार, मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई नामावलीमा रहेका शेयरधनीहरूले सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

Tags

Leave a Comments

Comments

    No comments yet.