शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले मंसिर २६ मा साधारण सभा, १३% लाभांश पारित गर्ने प्रस्ताव
- Nov 21, 2025
- 83
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेड (SHINE) ले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश पारित गर्न मंसिर २६ गते सत्रौँ वार्षिक साधारण सभा डाकेको छ। सभा बुटवलस्थित होटल सेफ्रन सि.के. प्रा. लि.मा अपरान्ह १२:३० बजेबाट सुरु हुनेछ।
सभामा हाल कायम चुक्ता पूँजीको ३% बोनस शेयर तथा सोको कर प्रयोजनार्थसहित १०% नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव प्रस्तुत गरिनेछ। साथै, बैंकले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशन प्रक्रिया अघि बढाउन तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई आवश्यक अधिकार प्रदान गर्ने प्रस्ताव पनि राखिएको छ। अतिरिक्त रूपमा, आगामी वर्षको लागि लेखापरीक्षक नियुक्त गर्ने प्रक्रिया पनि सभामा पारित गरिनेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ मंसिर १२ गते बुकक्लोज हुनेछ। त्यसअनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम रहने शेयरधनीहरूले साधारण सभामा सहभागी हुन तथा प्रस्तावित लाभांश प्राप्त गर्न योग्य हुनेछन्।














No comments yet.