Sarbaguna
Post Image

बजार मजबुत हुँदै रेसिस्टेन्स क्षेत्रमै प्रवेश, सावधानीपूर्वक ट्रेड गर्ने सुझाव

नेप्से सूचकले Higher High–Higher Low (HH–HL) को संरचना बनाउँदै मजबुत इन्ट्राडे गति देखायो र दिनको उच्च विन्दु 2650 मा बन्द भयो।

यद्यपि Index अहिले 2650-2690 को महत्वपूर्ण Resistance क्षेत्रमा प्रवेश गरेको छ, जुन विगतमा पनि सप्लाई जोनका रूपमा देखा परिरहेको छ। त्यसैले नयाँ लगानी प्रवेश गर्दा सतर्कता अपनाउन सुझाव दिइन्छ।

 

आगामी सत्रहरूमा स्पष्ट दिशा पाउनका लागि बजारले मजबुत Volume सहितको स्पष्ट Breakout वा समर्थन क्षेत्रमा Healthy Pullback आवश्यक पर्न सक्छ। यदि सूचक 2620 माथि स्थायीरूपमा टिक्न सफल हुन्छ, भने नयाँ लगानीका लागि सुरक्षित वातावरण बन्न सक्छ।

यसैबीच, गत साताको 2580 तल भएको उल्लेखनीय accumulation ले तल्लो स्तरमै खरिदकर्ता सक्रिय रहेको संकेत गर्छ। अहिले बजार प्रमुख रेसिस्टेन्स क्षेत्रमा नजिकिँदै गर्दा,आसपास 2650-2690 केही profit booking देखिन सक्ने सम्भावना प्रबल छ।

Leave a Comments

Comments

    No comments yet.