NRN र HDL मा बजारको ध्यान: Book Close नजिकिँदै रणनीति परिवर्तन गर्ने खेलाडीहरू?
- Nov 27, 2025
- 517
नेप्सेमा पछिल्लो केही दिन देखि NRN Infrastructure and Development Limited (NRN) अत्यधिक चर्चामा आएको छ। Insider trading सम्बन्धी समाचारबारे अहिलेसम्म कुनै ठोस प्रमाण सार्वजनिक नभए पनि, बजारमा हल्ला भने निकै तीव्र रूपमा फैलिएको देखिन्छ। यही हल्लाले लगानीकर्तामाझ अनिश्चितता र जिज्ञासा दुवै बढाइदिएको छ। त्यसमाथि आज कम्पनीको book close पनि भएकाले लगानीकर्ताको ध्यान अझ केन्द्रित भएको छ।
NRN को Adjusted Price र बजारको Psychology
आजको book close संगै NRN को 40% बोनसपछि Adjusted Price Rs. 1,382.21 (अघिल्लो दिनको बन्द मूल्य 1,935.10 का आधारमा) तोकिएको छ। बजारमा चर्चा छ—यदि आज NRN मा 10% circuit level लाग्ने भए, धेरै लगानीकर्ताको नजर फेरि पनि यही स्टकमा जान सक्छ। विवाद, book close र price adjustment—यी सबै कारणले NRN आज बजारको headline stock बन्ने पक्का छ।
HDL: Steady Trend र Possible Fund Shift
NRN को book close नजिकिँदै गर्दा बजारमा अर्को चर्चा छ—के केही ठूलो खेलाडीहरू NRN बाट Himalayan Distillery Limited (HDL) तिर सर्न थालेका छन्?
टेक्निकल हिसाबले HDL पछिल्ला दिनमा निरन्तर चढ्ने प्रयासमा छ। बजारकै चर्चा अनुसार:
- HDL को 20% बोनस पछि Adjusted Price Rs. 1,151.67 (अघिल्लो बन्द मूल्य 1,382 का आधारमा)
- यदि HDL पुनः 1382 स्तर नजिक पुग्न सफल भयो भने, HDL को bonus पच्ने "attractive gain" हुने अपेक्षा बढेको देखिन्छ।
यही कारणले NRN को uncertain sentiment ले केही institutional वा big players लाई HDL जस्तो fundamentally strong र steadily trending stock तिर मोड्न प्रेरित गरिरहेको विश्लेषणकर्ताहरू बताउँछन्।
निष्कर्ष: NRN बाट HDL तिर रणनीतिक सुरुवात?
बजार विश्लेषकहरूको अनुमान:
- NRN book close effect, विवाद, र high volatility
- HDL को steady technical momentum
- Bonus adjustment पछि दुबै स्टकको price psychology
यी सबै कारणले आज बजारमा दुई स्टकबीच attention shift देखिन सक्ने सम्भावना छ। NRN ले आज कस्तो प्रदर्शन गर्छ? HDL ले निरन्तर अपट्रेंड कायम राख्छ कि राख्दैन? नेप्से आज यी दुई स्टककै वरिपरि केन्द्रित रहने देखिन्छ।













No comments yet.