नेपाल लाइफ इन्स्योरेन्सले लाभांश घोषणा, ५% बोनस र १६.०५% नगद
- Dec 11, 2025
- 90
नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड (NLIC) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई कुल २१.०५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ। प्रस्तावित लाभांशमध्ये ५ प्रतिशत बोनस शेयर र १६.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ।
मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीका आधारमा सो दरमा लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको हो।
उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लागू हुनेछ।













No comments yet.