Sarbaguna

५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

आज पाँच वटा कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। आजसम्म शेयर खरिद गरी कायम रहेका लगानीकर्ताले सिनर्जी पावर डेभलपमेन्ट, शिखर इन्स्योरेन्स कम्पनी, नेपाल इन्स्योरेन्स कम्पनी, सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी तथा कुथेली बुखरी स्मल हाइड्रोपावरले वितरण गर्ने लाभांश सुरक्षित गर्न सक्नेछन्।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ यी सबै कम्पनीहरूले भोलि अर्थात पुस १४ गते बुकक्लोज गर्ने घोषणा गरेका छन्। बुकक्लोज अनुसार, आजसम्म नेप्सेमा कारोबार भई कायम रहेका शेयरधनीहरू मात्र सम्बन्धित कम्पनीहरूको साधारण सभामा सहभागी हुन र घोषणा गरिएको लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

लगानीकर्तालाई लाभांश सुरक्षित गर्न बुकक्लोज मितिभन्दा अघिल्लो कारोबार दिनसम्म शेयर खरिद गरी राख्नुपर्ने व्यवस्था रहेको छ।

Tags

Leave a Comments

Comments

    No comments yet.