Sarbaguna
लगानी

शेयर बजारमा नयाँ सूचीकृत IPO कम्पनीहरूमा किन यस्तो ट्रेन्ड?

आज २०२५ को अन्तिम ट्रेडिङ दिनमा नेप्से सूचकांक 2,633.76 मा बन्द भयो। सूचक 10.87 अंकले उकालो हुँदै झण्डै 0.41% को सुधार देखियो।

पछिल्ला दिनहरूमा सुस्त देखिएको बजारमा आज भने नयाँ ऊर्जा थपिएको देखियो। विशेषगरी नयाँ IPO बाट आएको कम्पनीहरूमा नै बलियो ट्रेन्ड देखियो

🔹 नयाँ IPO हरूमा किन यस्तो ट्रेन्ड?

  • छोटो अवधिमा झट्ट नाफा खोज्ने लगानीकर्ता सक्रिय
  • बजारमा सकारात्मक मनोभाव (sentiment) बढ्दो

 

नेप्से

🔹 आजको टप गेनर्स (प्रमुख)

  • SYPNL मजबुत ट्रेन्ड
  • PURE निरन्तर वृद्धि
  • SAIL ध्यान तान्दै
  • TTL स्थिर तर up ट्रेन्ड

यी मध्ये धेरै कम्पनीहरू हालसालै बजारमा आएका वा नयाँ समूह सँग सम्बन्धित भएकाले नयाँ IPO तर्फ लगानीकर्ताको आकर्षण झन् प्रस्ट देखियो।

बजारको संकेत

नयाँ IPO र नयाँ सूचीकरण भएका कम्पनीमा बढ्दो रुचि

सानामझाेल्ला लगानीकर्ता सक्रिय

सूचक बिस्तारै स्थिर भएर माथि जाने संकेत

तर, हाइप मात्रै हेरेर प्रवेश गर्नु जोखिमपूर्ण हुन सक्छ।

लगानीकर्ताका लागि सावधानी

👉 कम्पनीको आधारभूत अवस्था (fundamental) अनिवार्य हेर्नु

👉 जोखिम व्यवस्थापन बिना ठूला निर्णय नगर्नु

👉 लामो अवधिको योजना बनाएर मात्र लगानी गर्नु

Leave a Comments

Comments

    No comments yet.