Sarbaguna

सालपा विकास बैंकको आईपीओ बाँडफाँट सम्पन्न

सालपा विकास बैंक लिमिटेडले सर्वसाधारण लगानीकर्ताका लागि निष्काशन गरेको आईपीओको बाँडफाँट सम्पन्न भएको छ। बैंकले पुस १६ गतेदेखि २० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल १४ लाख ३९ हजार १७९ कित्ता साधारण शेयर बिक्रीमा ल्याएको थियो।

उक्त आईपीओमा कुल २३ लाख २ हजार ८४३ जना लगानीकर्ताले २ करोड ५९ लाख ३४ हजार ९३० कित्ता शेयर खरिदका लागि आवेदन दिएका थिए। जसमध्ये २२ लाख ६५ हजार ९५५ वटा आवेदन स्वीकृत भएका छन् भने बाँकी आवेदन रद्द गरिएको छ।

मागभन्दा धेरै आवेदन परेपछि गोलाप्रथा प्रणालीमार्फत बाँडफाँट गरिएको हो। बाँडफाँटका क्रममा १ लाख ४३ हजार ९१७ जना आवेदकले न्यूनतम १० कित्ताका दरले शेयर प्राप्त गरेका छन्। बाँकी रहेको ९ कित्ता शेयर पनि सोही लगानीकर्ताहरूमाझ बाँडफाँट गरिएको छ, जसअनुसार ९ जना आवेदकले थप १ कित्ता गरी कुल ११ कित्ता शेयर पाएका छन्।

यससँगै सालपा विकास बैंकको सर्वसाधारण तर्फको आईपीओ प्रक्रिया औपचारिक रूपमा सम्पन्न भएको छ।

Tags

Leave a Comments

Comments

    No comments yet.