सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा सामान्य वृद्धि
- Feb 4, 2026
- 61
सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेड (SJLIC) ले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य वृद्धि देखिएको छ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा इन्स्योरेन्सले २० करोड १८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको १९ करोड ६१ लाख रुपैयाँको तुलनामा २.९२ प्रतिशत बढी हो।
समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १४.६३ प्रतिशत र कुल आम्दानी १०.०३ प्रतिशत ले बढेको छ। यद्यपि, व्यवसाय विस्तारसँगै कुल दाबी भुक्तानी ११.३४ प्रतिशत र कुल खर्च १०.७४ प्रतिशत ले बढेको देखिन्छ।
नाफा वृद्धिसँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी (EPS) २३ पैसाले बढेर ८ रुपैयाँ ६ पैसा पुगेको छ। पुस मसान्तसम्म कम्पनीको प्रतिशेयर नेटवर्थ १२३ रुपैयाँ ३३ पैसा रहेको छ भने मूल्य–आम्दानी (P/E) अनुपात ५५.६९ गुणा रहेको छ।
हाल ५ अर्ब १ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको महाविपत्ती कोषमा ४४ करोड २ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ४५ करोड २९ लाख रुपैयाँ र अन्य इक्विटीमा २७ करोड ६० लाख रुपैयाँ सञ्चित रहेको छ।














No comments yet.