Sarbaguna

युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड ले १०% हकप्रद शेयर निष्कासन गर्ने

युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड ले हकप्रद शेयर निष्कासनका लागि बुक क्लोज (शेयर दर्ता किताब बन्द) को मिति तय गरेको छ। कम्पनीको २०८१ माघ ५ गते बसेको सञ्चालक समितिको ७६औँ बैठकले सो निर्णय गरेको हो।

कम्पनीले हाल कायम रहेको २ अर्ब ३१ करोड रुपैयाँ चुक्ता पूँजीको १० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न लागेको हो। यसअनुसार कम्पनीले १०० कित्ता शेयर बराबर १० कित्ता (१०:१) को अनुपातमा प्रतिशेयर १०० रुपैयाँ अंकित दरका कुल २३ लाख १० हजार कित्ता हकप्रद शेयर जारी गर्नेछ।

हकप्रद शेयर निष्कासन प्रयोजनका लागि कम्पनीले आगामी २०८१ फागुन १७ गते आइतबार एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसअनुसार फागुन १६ गतेसम्म नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र उक्त हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।

यसअघि कम्पनीको २०८१ असार ३० गते सम्पन्न ३१औँ वार्षिक साधारण सभाले १० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गरेको थियो। सोही निर्णय कार्यान्वयन गर्दै कम्पनीले निष्कासन प्रक्रिया अघि बढाएको हो।

Tags

Leave a Comments

Comments

    No comments yet.