सुपर खुदी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न
- Mar 1, 2026
- 34
सुपर खुदी हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) बाँडफाँट सम्पन्न भएको छ। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको कार्यालयमा आज बिहान साढे ८ बजे बाँडफाँट गरिएको हो।
कम्पनीले गत फागुन ५ गतेदेखि ११ गतेसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १२ लाख ८६ हजार ५०० कित्ता साधारण शेयर निष्काशन गरेको थियो।
आईपीओमा कुल २६ लाख २० हजार ३४१ आवेदकबाट २ करोड ८१ लाख ६४ हजार ८५० कित्ता शेयरका लागि आवेदन परेको थियो। तीमध्ये २५ लाख ८० हजार ४७० आवेदन स्वीकृत भएका छन् भने ३९ हजार ८७१ आवेदन रद्द गरिएको क्यापिटलले जनाएको छ।
मागभन्दा धेरै आवेदन परेकाले गोलाप्रथा (लक्की ड्र) प्रक्रियामार्फत शेयर बाँडफाँट गरिएको हो। बाँडफाँट अनुसार १ लाख २८ हजार ६५० आवेदकले न्यूनतम १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् भने बाँकी आवेदक हात खाली भएका छन्।












No comments yet.