नेप्से हरियोमा बन्द भए पनि लगानीकर्तामा अझै फर्किन सकेन आत्मविश्वास
- May 7, 2026
- 75
नेप्से परिसूचक साताको कारोबारमा हरियो संकेतसहित बन्द भएको छ। आज नेप्से ६.९४ अंकले बढ्दै २७१८ विन्दुमा पुगेको हो। बजारमा करिब ३ अर्ब रुपैयाँ बराबरको कारोबार भएको देखिएको छ, जुन हालको बजार गतिलाई हेर्दा मध्यम स्तरको कारोबार मान्न सकिन्छ।
आजको कारोबारमा अधिकांश कम्पनीहरु सकारात्मक देखिएका छन्। कारोबार भएका कम्पनीहरूमध्ये १५५ कम्पनीको शेयरमूल्य बढ्दा १०२ कम्पनीको शेयरमूल्य घटेको छ भने १२ कम्पनीको मूल्य स्थिर रहेको छ। यसले बजारमा खरिदकर्ताको उपस्थिति बढ्दै गएको संकेत गरेको छ।
प्राविधिक रुपमा हेर्दा नेप्सेले पुनः २७०० विन्दुको सपोर्ट क्षेत्र परीक्षण गरिरहेको देखिन्छ। बजारले सो क्षेत्रबाट पुनः उकालो लाग्ने प्रयास गरेको छ, जसले खरिदकर्ताहरू अझै सक्रिय रहेको संकेत दिन्छ। आजको कारोबार अवधिभर सूचकले क्रमशः उच्च बिन्दु बनाउँदै अन्ततः २७१८ मा बन्द हुन सफल भएको छ।
यद्यपि बजारमा देखिएको कारोबार रकम भने अझै बलियो बुलिस ट्रेण्डलाई समर्थन गर्ने अवस्थामा पुगेको देखिँदैन। बजारमा दिगो सुधारको पुष्टि हुन कारोबार रकम थप बढ्न आवश्यक देखिन्छ। विशेषगरी ५ देखि ७ अर्ब रुपैयाँमाथिको कारोबारले मात्र बजारमा मजबुत momentum आएको संकेत दिन सक्ने विश्लेषकहरूको धारणा छ।
हालको अवस्थालाई हेर्दा बजार सकारात्मक दिशातर्फ उन्मुख देखिए पनि लगानीकर्ताले तत्काल आक्रामक खरिदभन्दा पनि “wait and watch” रणनीति अपनाउनु उपयुक्त देखिन्छ। आगामी कारोबार दिनमा २७०० को सपोर्ट कायम रहन्छ वा रहँदैन तथा कारोबार रकममा सुधार आउँछ वा आउँदैन भन्ने कुराले बजारको आगामी दिशा निर्धारण गर्नेछ।













No comments yet.